दाेलखा : संक्रमित वृद्धकाे सम्पर्कमा रहेका २५ जनाकाे स्वाब धुलिखेल पठाइयाे



प्रकाशित मिति : May 29, 2020
  • अविरल बस्नेत

दाेलखा, १६ जेठ । दाेलखाकाे भीमेश्वर नगरपालिका वडा नं २ का ७६ वर्षीय काेराेना संक्रमित वृद्वकाे सम्पर्कमा पुगेका परिवारका सदस्यसहित अन्यकाे स्वाब परीक्षणका लागि संकलन गरिएकाे छ ।

संक्रमित व्यक्तिका परिवारजनसहित, आफन्तहरू, स्थानीय अस्पतालका स्वास्थकर्मी र ती वृद्धलाई अस्पताल लैजाने चालक तथा भेट्न गएकाहरू गरेर २५ जनाकाे स्वाब संकलन गरिएकाे हाे । संकलन गरिएकाे स्वाब पीसीआर परीक्षणका निम्ति अहिले बिहान धुलिखेल अस्पतालमा पठाइएकाे स्थानीय अधिकारीहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com