१६ जेष्ठ २०७७, शुक्रबार

काठमाडाैँ, १६ जेठ । कोरोना भाइरस (कोभिड– १९) महामारीको हट हटस्पट बन्दै गएको छ दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बिहीबार हालसम्मकै बढी दैनिक नयाँ संक्रमित थपिएका छन् ।

दैनिक नयाँ संक्रमित थपिनेमा ब्राजिल अहिले विश्वकै पहिलाे देखिएकाे छ । बुधबार संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी नयाँ संक्रमितहरू ब्राजिलमा देखिएका थिए, याे क्रम बिहीबार पनि दाेहाेरिएकाे छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार बिहीबार मात्र ब्राजिलमा २४ हजार १५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बुधबार त्यहाँ एकै दिन २२ हजारभन्दा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे थियाे । जबकि अमेरिकामा बुधबार जम्मा २० हजार ५४६ नयाँ केस फेला परेका थिए भने बिहीबार २२ हजार ६५८ जना संक्रमित थपिए ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु रहेकाे संयुक्त राज्य अमेरिकामा दैनिक मृतक संख्या पनि १ हजारमाथि रहेकाे छ । साेमबार त्यहाँ काेराेनाबाट ५०५ जनाकाे मृत्यु भएकाे थियाे भने मंगलबार फेरि बढेर ७७४ जनाकाे मृत्यु भयाे । तर बुधबार पुनः दाेब्बरले बढेर याे संख्या १ हजार ५३५ पुगेकाे छ । यद्यपि पुनः घटेर याे संख्या १ हजार २२३ मा सीमित भएकाे छ ।

अमेरसकामा हालसम्म १७ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ भने १ लाख हजार ३ हजार ३३० जनाले यस भाइरसकाे संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शुक्रबार बिहानसम्म ४ लाख ३८ हजार ८१२ जनामा संक्रमण फैलिसकेकाे छ । काेराेनाबाट मृत्यु हुनेकाे संख्या पनि त्यहाँ २६ हजार ७६४ पुगेकाे छ । ब्राजिलमा बिहीबार एकैदिन मात्र १ हजार ६७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । यद्यपि बुधबार भने त्यहाँ १ हजार १४८ जनाकाे काेराेना संक्रमणकै कारण मृत्यु भएकाे थियाे ।

ब्राजिलमा कुल संक्रमितमध्ये १ लाख ९३ हजारभन्दा बढी मानिस चाहिँ निको भइसकेका छन् । हाल २ लाख १८ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा निकाे हुने दर अमेरिकाकाे भन्दा बढी छ । त्यहाँ बिहीबार एकै दिन २६ हजार ५३४ संक्रमित निकाे भएर घर फर्किएका छन् । जबकि अमेरिकामा बिहीबार एक दिनमा केवल ८ हजार ५९५ मानिसमात्र निकाे भएका छन् ।

संक्रमणका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहे पनि मृत्युका हिसाबले भने अमेरिकापछि बेलायत दोस्रो स्थानमा छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३७ हजार ८३७ जनाले ज्यान गुमाइसकेका छन् ।

उता रूस कुल संक्रमणका हिसाबले तेस्राे लहरमा रहे पनि त्यहाँ मृत्युदर भने न्यून छ । रूसमा हालसम्म ३ लाख ७९ हजारभन्दा मानिस संक्रमित भए पनि जम्मा ४ हजार १४२ जनाले मात्र ज्यान गुमाएका छन् । यसैगरी विगत केही साताअघि सम्म महामारीबाट ग्रसित स्पेन र इटलीमा अहिले दैनिक मृत्यु र संक्रमणका घटनामा उल्लेख्य कमी अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV