१६ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, १६ जेठ । १० युनिटसम्म विद्युत् खपत गर्नेलाई निशुःल्क विद्युत दिइने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमा उक्त सीमासम्म विद्युत् खपत गर्नेलाई निशुल्क विद्युत् दिने बताउनुभयाे

मासिक १५० युनिटसम्म खपत गर्नेलाई अहिलेको शुल्कमा २५ प्रतिशत, २५० युनिटसम्म खर्च गर्नेलाई १५ प्रतिशत शुल्क छुट दिने घोषणा समेत गर्नुभयाे ।

त्यस्तै खानेपानी आयोजनालाई विद्युत् शुल्क मिनाह गर्ने र विद्युत महशुलमा छुट दिने घोषणा पनि गर्नुभयाे । लकडाउन अवधिभर उद्योग व्यवसायको विद्युत हशुलमा डिमाण्ड चार्ज पनि लिइने छैन ।

साथै डिमाण्ड कम हुने समयमा विद्युत् खपत गर्ने उद्योगीलाई छुट दिने घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV