१५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष ७७÷७८ का लागि ल्याएको बजेटको प्राथमिकता र उद्देश्य तय गरेको छ ।

बजेटको प्रथम उद्देश्य कोरोना लगायतका संक्रामक रोग र विपद्बाट नागरिकको जीवन रक्षा हुने सरकारको दावी छ । त्यसका लागि बजेटमा प्राथमिकताका क्षेत्र पनि छुट्याइएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा बजेटमा सरकारले छुट्याएृको बजेटको उद्देश्य :

१. संक्रामक लगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज बनाउने ।

२. उपलब्ध साधन स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनर्उत्थान गरिने ।

३. नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत राज्यको लोककल्याणकारी भूमिका बढाइने ।

४. सामाजिक, आर्थिक र भौतिक विकासमार्फत उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ।

उद्देश्यपूर्ति गर्न बजेटमा क्षेत्रगत प्राथमिकता निर्धारण :

१. कोरोना संक्रमणको रोकथामको लागि चालिएका कदमबाट टुटेको आपूूर्ति श्रृंखलालाई पुनस्र्थापित गरिने ।

२. पुर्नस्थाापित गर्दै कृषि, उद्योग, पर्यटन, निर्माणलगायत प्रभावित क्षेत्रको पुर्नउत्थान ।

३. नागरिकका लागि काम र रोजगारीका अवसर, सुरक्षित आवास, सार्वकालिक सामाजिक सुरक्षा र संरक्षण ।

४. गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास ।

यि बाहेक नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिनेसहित संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सामाजिक सेवा पारदर्शी शासन व्यवस्थाको सदृढीकरण समेत सरकारको प्राथमिकतामा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV