१५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, १५ जेठ । सरकारले कोरोना भाइरस कोभिड १९ का कारण अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गर्दै प्रशासनिक खर्चमा उल्लेख्य कटौती गरेको छ ।

कार्यबोझ र कार्यप्रकृति हेरी अनावश्यक सार्वजनिक निकाय पनि खारेज गरिने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ ।

आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले कोरोना भाइरस कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज समेत गरेका जानकारी पनि दिनुभयो ।

उहाँले राष्ट्रसेवकले पाउदै आएको प्रोत्साहन भत्ता, खाजा खर्चलगायत सबै भत्ता खारेज गरिएको जानकारी पनि दिनुभयो ।

उहाँले भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरिएको जानकारी दिदै सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा र योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने व्यवस्था गरिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV