१५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विदेशमा रहेकालाई स्वदेश फर्काउन आवश्यक बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

संघीय संसदमा आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पूँजी दिने व्यवस्था बजेटमा गरिएको जानकारी पनि दिनुभएको छ ।

उहाँले सरकारले लकडाउनका कारण बन्द हुनु पुगेका उत्पादन मुलक उद्योगका विद्युत महशुलमा छुट दिने घोषणा गर्दै सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरिएको जानकारी पनि दिनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाख रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड विनियोजन गरेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV