१५ जेष्ठ २०७७, बिहीबार
  • बाल बिक्रम कार्की

रौतहट, १५ जेठ । क्वारेन्टाइन स्थापना विषयमा विवाद हुँदा रौतहटमा झडप भएको छ ।

जिल्लाको कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न लाग्दा स्थानीयले विरोध गरेपछि विवाद हुँदा झडप हुँदा प्रहरीले झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।

झडपको क्रमम स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटेको छ । हाल उनको कटहरिया स्थित प्राथामिक स्वास्थ्य चौकीमा उपचार भइरहेको र स्थिती सामान्य रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी उपरीक्षक ज्ञान कुमार महत्तोका अनुसार स्थानियहरुले विवाद गर्दा झडप भइ उग्र स्थिति भएकाले सो नियन्त्रणको लागि हवाइ फायर गर्नुपरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो विद्यालयमा क्वारेन्टाइन राख्ने विषय नगर प्रमुख सहितको टोली सो स्थानमा पुग्दा १ सय ५० बढी संख्यामा आएका स्थानियले घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टाइन राख्न नदिने भन्दै सुरु भएको विवाद नियन्त्रण बाहिर गएपछि स्थिती नियन्त्रण लिन हवाइ फायर गरिएको हो ।

हाल सो स्थानको स्थिती सामान्य भइसकेको उहाँले बताउनुभयो । अहिले स्थानियहरुसँग छलपछि सो विद्यालयमा क्वारेन्टाइन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टिनमा दुईसय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टिन निर्माण गर्न खोजेको हो । सो नगरपालिकामा भारतबाट आउने नगरका स्थानियहरुको संख्या बढ्दै गइरहेकाले क्वारेन्टाइनको संख्या अपुग भएको हो ।

LIVE TV