१५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख समेत रहेका लोकप्रिय सङ्गीतकार अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतलाई सङ्गीतबद्ध गरेका छन् ।

देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीतलाई युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वरबद्ध गरेका छन् ।

‘स्वदेशमै रोजगारी स्वेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास, खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा, यो उर्वर सुन्दर देश’ गीतलाई प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेखेका हुन् ।

विदेसिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यही रोजगारी सिर्जना गरी देश विकासमा लगाउने भावधाराको यस गीतमा प्रधानमन्त्री ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV