१५ जेष्ठ २०७७, बिहीबार

सुर्खेत, १५ जेठ । कर्णाली प्रदेशमा थप ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । प्रादेशिक प्रयाेगशाला, सुर्खेतमा गरिएकाे पीसीआर परीक्षणमा दैलेखका ८ जनाकाे काेराेना रिपाेर्ट पाेजेटिभ आएकाे हाे । यससँगै कर्णाली प्रदेशमा काेराेना संक्रमितकाे संख्या ४६ जना पुगेकाे छ ।

कर्णालीकाे सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखकाे नारायण नगरपालिका वडा नं १, ३, ४ र ५ का क्रमशः २६, १९, ३०, ३६, ४०, १, २० र १७ वर्षका व्यक्तिहरूमा संकमण देखिएकाे हाे । जसमा एकजना महिला, १ बालक र बाँकी सबै पुरूष रहेकाे जनाइएकाे छ ।

हाल उनीहरू सबै स्वाथ्यकर्मीकाे सम्पर्कमै रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV