
- किरन धामी,
दार्चुला, १५ जेठ । दार्चुला सदरमुकामको खलंगा नाकाबाट आएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दिल्लीबाट आएका महाकाली नगरपालिकाका २१ वर्षीय पुरुषमा पीसीआर गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो।
दार्चुलाको ब्यास गाउँपालिका‐१ तिंकर र छाङ्गरुमा बसोबास गर्ने सौका समुदायको बसाईसराई ९कुञ्चा सार्न० सिमा पुल खुलाएका दिन ती पुरुष भारतको धारचुला हुँदै नेपाल प्रवेश गरेका थिए । जिल्ला सदरमुकाम स्थित महेन्द्र नमुना माविको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भए पनि उनलाई अहिले जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखिएको छ, भने बाटाघाटाहरु सबै सिल गरिएका छन् । ती पुरुषसँगै सोही दिन दार्चुुलाको नाका भएर ३ सय १९ जना नेपाल आएका थिए ।