१५ जेष्ठ २०७७, बिहीबार
  • कृष्ण बिष्ट

बैतडी, १५ जेठ । पाटन विमानस्थलकाे स्वरूप फेरिएकाे छ । वर्षाैंपछि मर्मत-सम्भार गर्दै गत पुसमै यसकाे स्वरूपम फेरिएकाे थियाे । पुष १२ गते विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि गत चैत्र १५ गते परीक्षण उडान गर्ने भनिएको थियो ।

तर चैत ११ देखि नै लकडाउन सुरू भएपछि परीक्षण उडान अनिश्चत बनेको छ । चैत्र १५ गते नै परिक्षण उडान गरिने भनिएको भए पनि लकडाउनका कारण स्थागित गरिएपछि परीक्षण उडान अब कहिले हुन्छ, कुनै टुंगाे लाग्न सकेकाे छैन ।

आर्थिक वर्ष २०७४/२०७५ सालदेखि पुनर्निर्माण सुरु गरिएको विमानस्थलको काम गत वर्षको पुस १२ गते सम्पन्न भएको निर्माणको जिम्मा पाएको गाल्वा च्याङमिला जगदम्बा जेभीका इन्जिनियर पुरनदेव रावलले जानकारी दिए ।

रावलका अनुसार ११ करोड २१ लाख लागतमा सम्पन्न भएको उक्त विमानस्थलमा कालोपत्रेसहित नाली निर्माण र तारबार लगायत काम सम्पन्न भएको हो ।

परिक्षण उडानपश्चात ट्रमिनल भवन निर्माण गरिने जनाइएको थियो । तर लकडाउनका कारण उक्त योजनाको लागि पनि ठेक्का प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन ।

पहिलाेपटक विसं २०३२ सालमा निर्माण भएको पाटन विमानस्थल २०५२ सालदेखि असुरक्षाका कारण भन्दै बन्द भएका थियो । तत्पश्चात् आव २०७४/२०७५ देखि मात्र यसकाे पुनर्निर्माण सुरु गरिएको थियाे ।

LIVE TV