१५ जेष्ठ २०७७, बिहीबार

काठमाडाैँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस पटककाे गणतन्त्र दिवसको अवसरमा सरकारले २३३ जना कैदीको कैद सजाय मिनाहा भएको छ ।

नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा गरिएकाे राष्ट्रपति कार्यालय, शीतल निवासले जनाएकाे छ ।

यसैगरी ८ जना व्यक्तिको सजाय माफी पनि गरिएको छ । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव  साह कानूसमेतका ८ जनालाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी  भएको कार्यालयकाे शीतल निवासकाे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV