१४ जेष्ठ २०७७, बुधबार

एजेन्सी, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीन बीचको सीमा विवादको गतिरोधमा मध्यस्थताको प्रस्ताव गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले ट्वीटमार्फत भनेका छन्, “मैले भारत र चीन दुबैलाई सूचित गरिसकेको छ कि उनीहरुको विवादमा अमेरिका मध्यस्थता गर्नका लागि इच्छुक र सक्षम रहेको छ ।”

त्यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार बुधबार चीनले भारतसंगको सीमाको स्थिति पूर्ण स्थिर र नियन्त्रणयोग्य भनेको छ ।

चीनका विदेश मन्त्रायलका प्रवक्ता झाओ लिजियानले एक प्रेस कन्फ्रेन्समा दुबै देशसंग कुराकानी र परामर्शमार्फत मुद्धा समाधान गर्नका लागि संयन्त्र र सञ्चार माध्ययमहरु रहेको बताएका छन् ।

लिजियनले भनेका छन्, “हामी हाम्रो क्षेत्रीय सार्वभौमिकता र सीमा क्षेत्रमा शान्ति र स्थायित्वको रक्षा गर्न प्रतिबद्ध छौं। अब चीन भारत सीमाको अवस्था पूर्ण स्थिर र नियन्त्रणमा छ । हामी पूर्ण वार्ता र परामर्श मार्फत समस्यालाई समाधान गर्न सक्षम छौं।”

प्रतिक्रिया दिनुहोस्
LIVE TV