
- इरफान अली,
बीरगञ्ज, १४ जेठ । गत जेठ ४ गते कोरोना भाइरस कोभिड १९ बाट मृत्यु भएका बाराका एक वृद्धको उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य विरामीको रिपोर्ट नेगेटिभ आएको छ ।
जेठ ४ गते अन्त्येष्टि गरिएका बारा ७ करैयामाई गाउँपालिकाका ती ७० बर्षीय वृद्धको जेठ १२ गते आएको रिपोर्टमा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको थियो ।

परीक्षण पोजिटिभ आएपछि उनको उपचारमा संलग्न नेशनल मेडिकल कलेज वीरगञ्जका ४९ स्वास्थ्यकर्मी र २ जना बिरामीहरुको गरिएको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएको हो ।
मृत्यु भएका ती बृद्धको रिपोटि पोजिटिभ आएपछि हिजो मंगलबार चिकित्सक सहित ५१ जनाकोे स्वाव संकलन गरिएको थियो । स्वाव संकलन गरिएका ५१ जनाको पीसीआर रिपोर्ट आज बुधबार नेगेटिभ आएको मेडिकल कलेजका डाईरेक्टर डा प्रमोद कुमार सर्राफले प्रेस विज्ञाप्ति मार्फत जनाकारी दिनुभएको छ ।
मृतक वृद्धको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालको आकस्मिक सेवा र आईसीयु सेवा सिल गरी उच्च सर्तकताका साथ कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्फत वृद्धको उपचारमा संलग्न ४९ चिकित्सक र अन्य २ बिरामीको स्वाव संकलन गरिएको डाईरेक्टर डा प्रमोद सर्राफले जानकारी दिनुभयो ।