१४ जेष्ठ २०७७, बुधबार

रिदम सिंह ,

जेठ १४ बझाङ । भारतबाट फर्किएका बझाङ जिल्लाका विभिन्न स्थानीय तहहरुका क्वारेन्टाइनमा बसेका महिलाहरुलाई युएनएफपिएले स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरेको छ ।

बुधबार मात्रै जिल्लाको जयपृथ्वी नगरपालिका भित्रका ६ जना महिलाहरुलाई एक – एक सेट स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरेको हो । यस्तै क्वारेन्टाइनमा बसेका २ जना किशोरीहरुलाई समेत स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको छ ।

महिलाहरुलाई क्वारेन्टाइनमा बस्दा समस्या हुने भन्दै नेपाल रेडक्रस सोसाईटी बझाङको समन्वय तथा युएनएफपिएको आर्थिक सहयोगमा एक – एक सेट टर्चलाईट, तावेल, म्याक्सी,पेटीकोट, साबुन, सेनेटरी प्याड, टुथब्रस, पेन्टी लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरिएको नेपाल रेडक्रस सोसाईटी बझाङका मन्त्री ईश्वरनाथ जोशिले जानकारी दिनुभयो ।

उक्त स्वास्थ्य सामग्रीहरु जयपृथ्वी नगरपालिकाकी उप प्रमुख जुना जाग्रीले हस्तान्त्रण गर्नुभएको हो । सामाजिक दूरीलाई पालना गर्दै स्वास्थ्य सामग्रीहरु हस्तान्त्रण गरिएको थियो । स्वास्थ्य सामग्री पाएका क्वारेन्टाइनमा बसेका महिलाहरुले खुःसी समेत ब्यक्त गर्नु भएको छ ।

स –साना बालबालिका भएका आफू जस्तै महिलाहरुका लागि यो ठूलो सहयोग भएको भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकी जयपृथ्वी नगरपालिका वडा नम्बर ५ की तुलसा देवी जोशिले बताउनुभयो ।

क्वारेन्टाईनमा बस्दा महिनावारी भयो भने के गर्ने भन्ने चिन्ता लागेको थियो ”जोशिले भन्नु भयो ”अब पेन्टी र सेनेटरी प्याड समेत पाएपछि ढुक्क भएकी छु । उनीजस्तै कमला जोशिले समेत खुःसी ब्यक्त गर्नु भएको छ ।

थलारा गाँउपालिकाका भारतबाट आएका ३० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई समेत युएनएफपिएले उपलब्ध गराएका स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको थलारा गाँउपालिकाका स्वास्थ्य संयोजक पदक ओलीले बताउनु भयो ।

युएनएफपिएले अबको केही दिनपछि जिल्लाको खप्तड छान्ना गाँउपालिका तथा अन्य स्थानीय तहहरुमा रहेका महिला तथा किशोरीहरुलाई पनि स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV