१४ जेष्ठ २०७७, बुधबार

सिरहा, १४ जेठ । न्यूज २४ टेलिभिजनका सिरहा टिभी जर्नलिष्ट दिलिपकुमार सहनीमाथि दुर्व्यवहार भएको छ ।

सिरहा नगरपालिकाले सञ्चालन गर्दै आएको क्वाइरेन्टाइनको अवस्थाबारे जानकारी लिन गएका टिभी जर्नलिष्ट सहनीलाई स्थानीय स्वयंसेवक शोभित यादव र उनकाे साथमा आएका नागमणि यादवले गालीगलौज गर्दै दुर्व्यवहार गरेका हुन् ।

क्वाइरेन्टाइनबाट मान्छे भागेको हल्ला चलेपछि बुझ्न जाँदा आफूलाई उनीहरुले दुर्व्यवहार गरेको टिभी जर्नलिष्ट सहनीले बताए । सहनीले आफू सहज रुपमा कुरा गर्न खोज्दा पनि उनीहरु उत्तेजित हुँदै गालीगलौजमा उत्रिएर ज्यान मारेर बोडरमा फाल्दिन्छु, लासको सनाखत पनि हुदैन भन्दै धम्की दिँएका थिए । नजिकको बोर्डरतर्फ समेत लैजान खोजेको सहनीले बताए ।

क्वाइरेन्टाइन व्यवस्थापन पक्षकै त्रुटीका कारण व्यक्ति भागेको हल्ला भएको र सोबारे बुझ्न जाँदा आफुमाथि व्यवस्थापन पक्षकै व्यक्तिबाट दुर्व्यवहार भएको सहनीले बताएका छन् । यस सम्बन्धमा न्युज २४ ले मेयर अश्वेश्वर प्रसाद यादवसँग बुझ्दा उनीहरुलाई बोलाएर आइन्दा यसो नगर्न सम्झाएर पठाएको जानकारी प्राप्त भएकाे छ ।

यसैबीच घटनाकाे भर्त्सर्ना गर्दै नेपाल पत्रकार महासंघ सिरहा कार्यसमितिले दुर्व्यवहारमा संलग्न र धम्की दिने माथि कडा कारबाही गर्न माग गरेकाे छ ।

This image has an empty alt attribute; its file name is 100747061_562301904478996_4211524783042461696_n-594x768.jpg

प्रतिक्रिया दिनुहोस्
LIVE TV