१४ जेष्ठ २०७७, बुधबार
  • इर्फान अली

वीरगञ्ज, १४ जेठ । दुई महिनाभन्दा लामो लकडाउनका कारण नेपालमा रहेका भारतीय तथा भारतमा फसेका नेपाली आ-आफ्नो देश फर्किने क्रम चलिरहेको छ । यस्तै पछिल्लो केही दिनयता वीरगञ्ज नाकामा केही चहपहल घटेको छ ।

नेपालकै प्रमुख प्रवेशद्धार मानिने वीरगञ्ज नाकाबाट १७७ जना ग्रीन सिटि वीरगञ्जको पहल र भारतीय दुतावासको सहयोगमा भारत पठाइएको छ ।

त्यस्तैगरी भारतको रक्सौल बजारसम्म आइपुगेर अलपत्र परेका ३७७ जना नेपाली नागरिकलाई वीरगञ्ज नाकाबाट नेपाल प्रवेश गराइएउको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नेपाली नागरिकको सवास्थ्य परिक्षण गरि उनीहरुलाई जिल्ला अधिकारीसमक्ष जिम्मा लगाइनने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनुभयो ।

संकास्पद कोही पाइएमा क्वारेन्टाईनमा राखिने समेत व्यवस्था गरिएको छ । नेपाल प्रवेश गर्ने सबैको अवस्था सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV