१४ जेष्ठ २०७७, बुधबार

एजेन्सी, १४ जेठ । जर्मन बुन्डेस लिगाको उपाधि होडमा रहेका शीर्ष दुई क्लबबीचको खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ । मंगलबार रातिभएकाे खेलमा बायर्नले डर्टमुन्डलाई १-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

बायर्नलाई जित दिलाउनकाे लागि जोसुआ किमिचले गाेल गरे । किमिचले खेलको ४३ औं मिनेटमा गरेकाे गाेल नै बायर्नकाे जितकाे लागि निर्णयक गाेल बन्याे । याे जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ ।

यस जितसँगै बायर्नले शीर्षस्थानमा आफ्नो अग्रता बढाएको छ । बायर्नले २८ खेलबाट ६४ अंक जाेड्दै पहिलाे स्थानमा रहेकाे छ भने दोस्रो स्थानमा रहेकाे डर्टमुन्डले २८ खेलबाट ५७ अंक जोडेको छ । तेस्रो स्थानको आरबी लाइप्जिगले २७ खेलमा ५४ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV