१३ जेष्ठ २०७७, मंगलवार

काठमाडौं, १३ जेठ । नेपालमा सम्पन्न १३औ दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता पाकिस्तानी तीन एथलीट खेलाडीहरु डोपिङमा परेका छन् ।

परिक्षणको क्रममा उनीहरुको डोपिङ पोजिटिभ भेटिएको हो । पाकिस्तानमा एथलिटहरुमा डोपिङ पोजेटिभ पाईएको एमाच्योर एथलेटिक्स महासंघले जनाएको छ । महासंघका अनुसार डोपिङमा परेका खेलाडीलाई चार बर्षे प्रतिबन्ध लगाउने तयारी छ ।

महासंघका अनुसार दुई एथलीटहरूले ट्र्याक एण्ड फिल्डमा स्वर्ण जितेका थिए भने एक कास्य जित्ने खेलाडी डोपिङमा दोषी देखिएका हुन् । तर, अहिलेलाई उनीहरुको नाम गोप्य राखिएको छ ।

वल्ड एण्टी डोपिङ एजेन्सीको प्रक्रिया अनुसार खेलाडीहरुलाई उनीहरुको मुद्दामा निर्दोष साबित गर्ने अवसर दिइनेछ । तर, यदि दोषी साबित भएको खण्डमा उनीहरुलाई चार बर्षसम्म प्रतिबन्ध लगाउन सकिन्छ ।

पाकिस्तानले १३ औैँ सागमा ३२ स्वर्ण पदक सहित १ सय ३२ पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV