१३ जेष्ठ २०७७, मंगलवार
  • माधब गैह्रे,

स्याङजा, १३ जेठ । स्याङजाको वालिङमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिनेमा २० बर्षीय र २९ बर्षीय दुई पुरुष रहेका छन् ।

उनीहरु गत जेठ १० गते भारतको गाजियाबाद देखि ९ जनाको टोली बनाएर नेपाल आएका थिए । उनीहरु गोरखपुरसम्म रेलमा ,सुनवलसम्म ट्रकमा र वालिङसम्म भैरहवाको जीपमा आएर वालिङको क्वारेन्टाइनमा बसेका थिए ।

उनीहरु यहाँ आउन साथ जेठ ११ गते जिल्ला अस्पताल खबर गरिएको थियो भने १२ गते स्वाब परीक्षण गर्न पोखरा पठाइएको थियो ।

उनीहरु दुबै जनाको अहिले स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले वालिङको विभिन्न क्वारेन्टाइनमा ५५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV