१३ जेष्ठ २०७७, मंगलवार
  • शीतल भट्ट

बेलौरी, १३ जेठ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लालझाडी गाउँपालिका वडा नम्बर ६ रामेश्वर विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका दुई जनामा आरडिटी (रेपिड डाइग्नाेस्टिक टेस्ट) पोजिटिभ देखिएको छ ।

आज (मंगलबार) गाउँपालिकाले गरेको आरडीटी परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलाराम चौधरीले बताउनुभयो । उहाँका अनुसार दुई जनामा रेपिड टेष्ट पोजेटिभ देखिएको हो ।

केही समय अघि भारतबाट फर्किएका २० र ३० बर्षिया युवकमा आरडिटी पोजिटिभ देखिएपछि उनीहरुलाई प्रहरीको निगरानीसहित विशेष कक्षमा छुट्टै राखिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताउनुभयो ।

उनीहरू गत बैशाख ३१ गते भारतको हरियाणाबाट आएको समेत प्रहरी निरीक्षक चन्दले बताउनुभयो। आरडीटी पोजेटिभ देखिएपछि थप पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले समाजिक दुरी कायम गर्दै नेपाल सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न सम्पूर्ण गाउँवासीमा अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV