१३ जेष्ठ २०७७, मंगलवार
  • मनाेज भुजेल

धनकुटा, १३ जेठ । धनकुटाकाे हिलेस्थित नं २ बाहिनी अड्डामा कार्यरत नेपाली सेनाका मेजरको शंकास्पद मृत्यु भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् ।

मृत्यु हुनेमा रामधुनी- ३ का हवल्दार मेजर पर्शुराम भट्टराई रहेकाे खुलेकाे छ । यही जेठ ५ गते भएको घटनामा परिवारलाई जानकारी नदिई उनलाइ उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा ल्याइएको थियो । भट्टराईको टाँउकोमाा गहिरो चोट देखिएकाे छ ।

सेनाले आफै एम्बुलेन्सबाट उनलाई विराटनगर ल्याएको बताइएको छ । तर परिवारजनले भने भट्टराईको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग गरेका हुन् । परिवारका सदस्यलाई घटना भएको ४८ घण्टापछि मात्र जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाएका छन् ।

घटनाको विषयमा हिले ब्यारेकका एक क्याप्टेनले शव नबुझे सेनाबाट प्रप्त हुने सम्पूर्ण सुविधाहरू रोक्का हुने भन्दै धम्क्याएकाे मृतककी दिदी लक्ष्मी सुवेदीले जानकारी दिइन् । ‘घटना शंकास्पद छ, हिले ब्यारेकले यसको सत्यतथ्य जानकारी नदिएसम्म हामी शव बुझदैनौँ,’ उनले भनिन्, ‘यसमा पत्रकार र मानवअधिकारकर्मीले पनि छानबिनकाे पहल गरिदिनु पर्याे ।’

यता, सेनाले भने भट्टराई सिँढीबाट खसेर मृत्यु भएको दाबी गरेको छ । गहिराे चाेट लागेपछि उनको उपचारकै क्रममा मृत्यु भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV