१२ जेष्ठ २०७७, सोमबार
  • केदार शर्मा

चितवन, जेठ १२ । भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा मृत्यु भएका एक बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ वर्षका पुरूषको राति ३ बजे मृत्यु भएको थियो ।

उनको आज (सोमबार) भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।

आइतबार राति १२ बजे बिरामीलाई भरतपुर अस्पताल ल्याइएको थियो ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा। प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्
LIVE TV