१२ जेष्ठ २०७७, सोमबार

एजेन्सी, १२ जेठ । भारतमा हवाई यातायात पुन सञ्चालन भएको छ ।

दुई महिनापछि पहिलो पटक हवाई यातयात सञ्चालन भएपछि विमानस्थलहरुमा निकै ठूलो भिड लागेको जनाइएको छ ।

भारतभरि लगभग एक सय वटा उडान स्थगित भए पनि अरू सबै निर्धारित समयमै उडेको बीबीसीमा उल्लेख छ।

कोरोना भाइरसबाट अति प्रतिभावित महाराष्ट्र राज्यले एक दिनमा ५० वटा उडानलाई मात्र अनुमति दिएको छ ।

केही उडानहरू स्थगित भएका भएको बताइएको छ । स्थगित भएकोबारे समयमै सूचना नदिएको कारण केही यात्रीहरू अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV