१२ जेष्ठ २०७७, सोमबार
  • दानबहादुर बुढा,

जुम्ला (सिञ्जा), १२ जेठ । एक समय नेपालको राजनीतिक वृतदेखि सर्वसाधारणकोबीचमा पनि चर्चित बनेको काली मार्सी धान रोप्न यतिखेर जुम्लाका स्थानीयलाई चटारो छ ।

मुलुकमा लकडाउन जारी रहदा लकडाउनको ख्याल नगरी नेपालकै उच्च स्थानमा हुने धान लगाउन उनीहरुलाई चटारो परेको हो ।

गत चैत ११ गते राखेको बिउँ जेठ दोस्रो साताबाट रोप्ने समय भएपछि कोरोना भाइरसको महामारीको डर नमानी जुम्लाका किसानहरु विहानदेखि साँझ अबेरसम्म खेतमा व्यस्त हुँदै आएका छन् ।

जुम्ला जिल्लाको एक नगरपालिका र ६ बटा गाउँपालिकामा उत्पादन हुने जुम्ली कालीमार्सी धान रोप्न सबै क्षेत्रमा रहेका कृषकहरु अहिले व्यस्त छन् ।

जुल्ला जिल्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार १ सय हेक्टर मध्ये कुल कृषि योग्य भूमि ३९ हजार ४ सय ८६ हेक्टर मध्य सिञ्चित खेती योग्य जमिन ३ हजार १ सय ५४ हेक्टरमा काली मार्सी धान लगाउने चलन थियो ।

तर अहिले काली मार्सी धान लगाउने क्र्रम घट्दै जादा ४० प्रतिशत खेतमा मात्र काली मार्सी धान लगाउने र बाँकी ६० प्रतिशत खेतमा अन्य बिभिन्न उन्नत जातको धान लगाउने गरिएको छ ।

स्थानीय रैथाने काली मार्सी धान लगायत अन्य लेकाली जुम्ली १ र ३ जातको धान बिउ, चन्दनाथ काली मार्सी धान लगाउने गरेको जिल्ला कृषि बिकास कार्यालयका जुम्लाले बताएका छ ।

जुम्लामा खोलाको पानीबाट सिचाई गर्न सहज भएको हुँदा धान रोप्न कुनै पनि समस्या नभएको, सबै जना कृषकहरु खेत बारीमा रमाई रहेका हुँदा कोरोना भाईरस कोभिड १९को संक्रमणबाट बच्नको लागि गरिएको लकडाउनको कुनै ख्याल नगरी धान रोप्नमा ब्यस्त भएको कनका सुन्दरी गाँउपालिका वडा नम्बर ३ का बृखबहादुर बुढा बताउनु हुन्छ ।

हिजो आज धान रोप्ने समयमा धान नलगाए के गर्ने भन्ने प्रश्न जुम्लावासीको छ । कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउनको मतलव नगरी बाध्य भएर धान रोप्न ब्यस्त बनेको जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका वडा नम्बर ३का कृषक पशु बुढाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV