१२ जेष्ठ २०७७, सोमबार
  • अभिमन्यु लामिछाने

उदयपुर, १२ जेठ । उदयपुरको रौतामाई गाउँपालिका – ८ झिरुडांडामा आज बिहान एक श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन ।

स्थानीय ५२ वर्षीय बिष्णु तामाङले मादक पर्दाथ सेवन गरी ४३ बर्षीया श्रीमती दिलमाया तामाङको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिष्णुले धारिलो हतियार प्रहार गरी श्रीमती दिलमायाको ज्यान लिएको भन्ने स्थानीयले जनाकारी गराएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगले वताए ।

श्रीमतीको ज्यान लिएको अभियोगमा बिष्णुलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल तर्फ गएको उपरीक्षक बुढामगरले वताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV