१२ जेष्ठ २०७७, सोमबार

काठमाडाैं, ११ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ संक्रमित हुनेकाे संख्या ५५ लाखनजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका विश्वभर साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख ९७ हजार ६५० पुगेकाे छ ।

कुल सङ्क्रमितमध्ये २३ लाख १ हजार ९७० उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा साढे ६ गुणा बढी हाे । पछिल्लाे समय काेराेना संक्रमति निकाे हुनेकाे संख्या बढ्दै गइरहेकाे छ ।

अहिलेसम्म विश्वभर काेराेनाका कारण ३ लाख ४६ हजार ६७५ ले ज्यान गुमाएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ९५ हजार काेराेना संक्रमित थपिएका छन् भने २ हजार ८ सय मृत्यु भएकाे छ । आइतबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ५४ लाख १ हजार २२२ थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख ४३ हजार ७९९ थियाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख ८६ हजार ४३६ पुगेकाे छ । संक्रमितमध्ये ४ लाख ५१ हजार भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ३५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ ।

ब्राजिलले अमेरिकालाई पछ्याइरहेकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३ लाख ६३ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या २२ हजार ७१६ पुगेकाे छ । अहिले त्यहाँ १ लाख ९० हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा ३ लाख ४४ हजार मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३ हजार ५४१ पुगेकाे छ । कुल संक्रमितमध्ये १ लाख १३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २७ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८२ हजार पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २८ हजार ७५२ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३६ हजार ७९३ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ५९ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।

काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२ हजार ७८५ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २९ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये १ लाख ४० हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ५६ हजारमा काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८२ हजार पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार ३६७ पुगेको छ । संक्रिमतमध्ये ६४ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ८९ हजारमा काेरोना संक्रिय रहेको छ ।

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ८० हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार ३७१ पुगेको छ । अहिले त्यहाँ ११ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ६० हजार भने पूर्णरुपमा निको भइसकेका छन् ।

टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ५६ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार ३४० काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख १८ हजारभने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३३ हजारमा काेराेना सक्रिय रहेकाे छ ।

इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार ४१७ सय पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ३५ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ५ हजार निकाे भएका छन् ।

छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख ३८ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ४ हजार २४ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ५७ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ७६ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

पेरूमा पनि काेराेना संक्रमितकाे संख्या १ लाख १९ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ३ हजार ४५६ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ४९ हजार बढी पूर्णरूपमा निकाे भएका छन् ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ८३ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २६८ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९८५ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV