१२ जेष्ठ २०७७, सोमबार

काठमाडाैँ, १२ जेठ । राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुस्लिम समुदायको महान पर्व ईद उल-फित्रको अवसरमा ‘देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा’ शुभकामना व्यक्त गर्नुभएकाे छ।

उहाँले बहुभाषिक, बहुसांस्कृतिक देशका रुपमा परिचित हाम्रो देशले समुदाय र धर्मको सम्मानमा विश्वास गर्ने बताउनुभएकाे छ। ‘यस पर्वमा मुस्लिम समुदायले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा उहाँले भन्नुभएकाे छ, ‘रमजान महिनामा मुस्लिम धर्मावलम्बीले मस्जिदमा जम्मा भई सामुहिक रुपमा नमाज पढ्ने र आफ्नो पर्व मनाउँदै आउनुभएको थियो। तर, कोरोनाको महामारीका कारण घरमै ब्रत बस्ने, नमाज पढी यो पर्व मनाउनु भएको छ।’

काेराेना महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्ने कुरामा हामी सबै एकजुट हुनुपर्ने बताउँदै उहाँले ईद उल-फित्रको दिन पनि सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुस्लिम समुदायमा आग्रह गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV