सीधाकुरामा नक्सा बहस २ : देश एकढिक्का बन्यो, यो एकताको सुवास देशले जहिले पनि पाउनु पर्छ (भिडियो)



प्रकाशित मिति : May 24, 2020

काठमाडौं, ११ जेठ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५३८ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमाथिको बहसमा नै केन्द्रित रहयो ।

आजको एपिसोडमा नेपाल–भारतको सीमा विवादको विषयमा सरकारका मन्त्री, बिभिन्न दलका नेता, सीमाविद् र सञ्चारकर्मी सहभागी हुनु भयो ।

वसहमा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराई, नापी विभागका पूर्व निर्देशक तथा सीमाविद् बुद्धि नारायण श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता गगन थापा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्पादक उमेश चौहान सहभागी हुनुहुन्थ्यो ।

बहसमा भारतले अतिक्रमण गरेको नेपालको सबै भूमिहरु फिर्ता गर्नका लागि के–कस्तो कदमहरु चाल्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रह्यो ।

बहसमा राष्ट्रिय एकताको पक्षमा माहौल निर्माण भएको निष्कर्ष निकाल्दै लिपुलेकको विषय विगतमा भएको कमजोरी र अब अगाडि कदम चाल्दा पु-याउनु पर्ने पक्षमा सहभागीहरुको जोड थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com