
जर्मनी, ११ जेठ । जर्मन बुन्डेसलिगा फुटबलमा लिगमा बायर्न म्युनिखले सहज जित हात पारेको छ । गएराति भएको खेलमा बायर्नले फ्रांकफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा म्युनिखले १७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि लियोन गोरेट्ज्काले गोल गर्दै अग्रता दिलाएका हुन् । ४१ औं मिनेटमा थोमस मुलरले गोल गरेपछि पहिलो हाफमा म्युनिखले २÷० को अग्रता लिएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्न म्युनिखले अग्रता ३-० बनायो । एको थियो । फ्रांकफर्टका लागि मार्टिन हिन्टेरेगरले लगातार २ गोल गर्दै अग्रता ३-२ मा ल्याए । उनले ५२ औं र ५५ औं मिनेटमा गोल गरेपछि फ्रांकफर्ट खेलमा फर्कन प्रयास गरेको थियो ।
अल्फोन्सो डेभिसले ६१ औं मिनेटमा गोल गरेपछि बायर्नले ४-२ गोलको अग्रता बनायो । फ्रांकफर्टका लागि २ गोल गरेका हिन्टेरेगरले आत्मघाती गोल गरेपछि बायर्न अन्तमा ५-२ गोलले विजयी हुँदै स्पष्ट तीन अंक जोड्न सफल भयो ।
जितसँगै बायर्न म्युनिखले तालिकामा फेरि ४ अंकको अग्रता लिन सफल भएको छ । म्युनिखको ६१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको बोरसिया डर्टमण्डको ५७ अंक छ ।