११ जेष्ठ २०७७, आईतवार

काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको पदाधिकारी बैठकले संविधान संशोधनको बिषय गम्भीर भएको भन्दै पार्टीभित्र बिस्तृत छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले संविधान संशोधन प्रस्ताव सदनमा प्रस्ताव गरेको भन्दै अव केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनका बारेमा आधिकारिक धारणा तय हुने जानकारी दिनुभयो ।

त्यस्तै बैठकले नेपालको सीमा रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली भूमि फिर्ताका लागि उच्चस्तरिय कुटनीतिक र राजनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यस्तै, बैठकले भारत लगाएत अन्य देशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याई उपयुक्त स्वास्थ्य जाँचसहितको तयारी गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV