११ जेष्ठ २०७७, आईतवार
  • केदार शर्मा,

चितवन, जेठ ११ । चितवनको आँपटारी देवघाट सडकखण्डमा रुख ढलेर किच्दा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (आइतबार) साँझ भिषण हावाहुरीको कारण रुख ढलेर लाग्दा गम्भीर घाइते भएका भरतपुर १२ बस्ने २१ वर्षीय राम बहादुर बिकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारी अनुसार बिकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।

घाइते भएका अन्य चार जनाको उपचार भइरहेको छ । घाइते हुनेहरुमा भरतपुर १२ का ३४ बर्षीय सुरेश बिक, सोही स्थानका ३६ बर्षीय दीपक कुमाल, ३१ बर्षीय प्रदीप शर्मा र ट्र्याकटर चालक २६ बर्षीय शम्भु खड्का रहेका छन् ।

भारी बर्षा भएपछि सडक छेउमा रोकिराखेको ना ३ त ३४२३ नम्बरको ट्र्याक्टर मुनी ओत लागि बसिरहेको अवस्थामा सालको रुख ढलेर लाग्दा ५ जना घाइते भएका थिए ।

LIVE TV