११ जेष्ठ २०७७, आईतवार

काठमाडौं, १० जेठ । आइतबार दिउँसो पुनः १९ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ६ सय ३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरु सबै पुरुष रहेको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार थपिएका संक्रमितहरुमा मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौं, नुवाकोट, कपिलवस्तु र गुल्मीका छन् ।

थपिएका संक्रमितहरुमा मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौंका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ छन् ।

कोरोना संक्रमित जिल्लाको संख्या पनि ४२ पुगेको छ । काठमाडौंमा सोह«खुट्टेका एक पुरुषमा संक्रमण फेला परेको छ भने नुवाकोटामा पहिलो पटक संक्रमण देखिएको छ ।

संक्रमित ६ सय ३ जनामा पुरुषको संख्या ५ सय २४ र महिलाको संख्या ७९ पुगेको छ भने
निको भएर डिस्चार्ज हुनेको संख्या ८७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV