११ जेष्ठ २०७७, आईतवार

काठमाडौं, ११ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटाइएका ८ जना सुरक्षाकर्मी फिर्ता गरेको बताउनुभएको छ ।

मुख्यमन्त्री शाहीले आफ्नो स्टकर्टिङमा खटिने प्रहरी (पिएसओ र आर्मी बाहेक) शनिबारदेखि नै फिर्ता गर्नुभएको उहाँका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले पुष्टि गर्नुभएको छ ।

बुढाथोकीका अनुसार मुख्यमन्त्रीको सुरक्षार्थ खटिएका २ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षकसहित ८ जना प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा फिर्ता गरिएको हो ।

यतिखेर मुलुक कोरोना भाइरस महामारीसँग लड्नुपरकोले त्यसका लागि सहज होस् भनेरै आफ्नो व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीको भनाइ छ । फिर्ता गरिएका प्रहरीले शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयकाे डियुटी सुरु गरेकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV