
- सुरेश श्रेष्ठ
दाङ, ११ जेठ । दाङमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका-९ तेलिया निवासी धनबहादुर कुमालकी ९ बर्षीया छोरी रेश्मा कुमालको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
घरको पेटीमा खेल्दै गरेकी बालिकालाई शनिबार सर्पले टोकेको हो । मृतक बालिकाका आफन्तले धामिझाँकी बोलाउन खोज्दा उपचारमा ढिलाई भएपछि निधन भएको प्रहरीले जनाएको छ ।