११ जेष्ठ २०७७, आईतवार

काठमाडौं, ११ जेठ । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् ।

आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको हुनसक्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिनुभयाे ।

डीआईजी पोखरेलका अनुसार उनको टाउकोमा गोली लागेको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन । थप अनुसन्धान भइरहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV