
काठमाडौं, १० जेठ । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराएसंगै समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्नो माग समेत समेट्न दलीय सहमति खोज्न थालेका छन् ।
आज समाजवादी र राजपा नेपालका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संशोधन प्रस्तावमा आफ्नो माग समावेश गर्न आग्रह गरेका हुन् ।
पटक–पटक संसदमा संविधानको माग गर्दै आएका दुई दलले सत्तारुढ नेकपासंगको पटक पटकको प्रयासमा समेत वेवास्ता गरेपछि प्रमुख प्रतिपक्षी मार्फत दवाव बढाउने रणनीति अगाडि सारेका हुन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची–३ मा रहको निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।
यही बेला आफूहरूले उठाउँदै आएको संविधान संशोधनको मागलाई पनि सम्बोधन गर्नुपर्ने राजपा र समाजवादी नेताहरूको भनाइ छ ।