१० जेष्ठ २०७७, शनिबार
  • ज्योतिकुमार पन्थी,

गुलरिया, १० जेठ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ७ का १९ बर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको छ ।

उनी भारतबाट आएर गाउँपालिका स्थित मैनापोखरमा रहेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनी सङ्गै भारतबाट आएका र उनीहरूसंगै क्वारेन्टाइनमा क्वारेन्टाईनमा रहेका ३० जनाको पीसीआर परीक्षण गरेकोमा १ जनामा संक्रमण पुष्टि भएको हो अन्य २९ जनाको स्वास्थ जाँच रिपोर्ट नेगेटिभ भएको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठले गाउँपालिकाका कोही पनि भयभित नहुन र आ आफ्नो घरमा सुरक्षित रहन अनुरोध समेत गर्नु भयो । यस अघि पनि बर्दियाको राजापुर र गुलरिया नगरपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको थियो । अहिले सम्म बर्दियामा ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV