१० जेष्ठ २०७७, शनिबार

रौतहट, १० जेठ । राँगको आक्रमणबाट रौतहटमा एक महिलाको ज्यान गएको छ । जिल्लाको बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र ती महिलालाई राँगाले आक्रमण गरेको थियो ।

ज्यान जानेमा ४० वर्षीया रामकली पाश्वान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दाउरा काट्न गएका उनलाई राँगाले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको प्रहरीको भनाइ छ ।

उनी सँगै गएका अन्य तीजना भने भागेर बचेका छन् । सो क्षेत्रमा काठ तस्कर गर्न राँगाको प्रयोग हुने गरेकाले राँगो जंगलमा रहेको प्रहरीले अनुमान गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LIVE TV