१० जेष्ठ २०७७, शनिबार

काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु तुरुन्त खोल्नुपर्ने बताउनुभएको छ । ह्वाइटहाउसमा नियमित आयोजना हुने पत्रकार सम्मेलनमा बोल्दै उहाँले अमेरिकीहरुलाई अहिले प्रार्थना जरुरी रहेकाले सबै चर्चहरु खोल्नु पर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो-‘अमेरिकामा अहिले धेरै प्रार्थना आवश्यक छ, थोरै होइन धेरै।’

कोरोना भाइरसको ठूलो क्षति अहिले अमेरिकाले बेहोरिरहेको छ । महामारीकै कारण अमेरिकाका सबै चर्च बन्द गरिएउको छ । यद्यपि राष्ट्रपति ट्रमम्पले भने चर्चहरु खोलिनुपर्ने बताउनुभएको हाे । अमेरिकाका व्यापारिक प्रतिष्ठानहरु बन्द स्थितिमा रहेका छन् ।

अहिले त्यहाँका गभर्नरहरु अब खोल्ने पक्षमा रहेका छन् । तर कुन कुन व्यापारिक प्रतिष्ठान कति समयकालागि खोल्ने निर्क्यौल भइसकेको छैन ।

अमेरिकामा १६ लाख ४५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । ९७ हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV