१० जेष्ठ २०७७, शनिबार
  • केदार शर्मा

चितवन, १० जेठ । चितवनमा एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका- ६ केशरबागमा रहेका तीन जनामा कोरोना संक्रमण भएको भरतपुर अस्पताल विकाश समितिका अध्यक्ष भोजराज अधिकारीले जानकारी दिनुभयो ।

हिजो शुक्रबार केशरबागका एक दम्पतीमा संक्रमण देखिएपछि छोरामा समेत संक्रमण रहेको पाइएको हो । बाबुआमामा कोरोना देखिएपछि छोरोको पनि परिक्षणको क्रममा संक्रमण रहेको पाईएको हो ।

५२ वर्षीय छोरा आमाबाबुको रेखदेख गर्दै आएका थिए । उनी आफ्ना बाबुआमाको उपचारपछि भारतको दिल्लीबाट आमाबुबासँगै आएका थिए । उनका बाबुआमामा कोरोना संक्रमण पुष्टि भएसँगै घरवरपरको क्षेत्रलाई सिल गरिएको थियो । अहिले तीनै जनाको भरतपुर कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअघि चितवन राप्तीका आमा-छोरामा पनि कोरोना संक्रमण भई निको भएर घर फर्किसकेका छन् । चितवनमा हालसम्म ५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

LIVE TV