९ जेष्ठ २०७७, शुक्रबार

अमेरिका, ९ जेठ । अमेरिकाले हतियार नियन्त्रण सम्बन्धी महत्वपूर्ण मानिएको ‘खुला आकाश सन्धि’बाट बाहिरिने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ओपन स्काइज ट्रिटी’ अर्थात खुला आकाश सन्धिबाट बाहिरिने घोषणा गरेका हुन् । यो सन्धि सन् २००२ को जनवरीदेखि कार्यान्वयनमा थियो ।

गोपनीयता वृद्धि तथा कुनै पनि खालका आक्रमणविरुद्धको आश्वासन बढाउने उद्देश्यसहित यो सन्धि गरिएको थियो । यसलाई विश्वका रुस, क्यानडा, बेलायतसहित ३५ देशले अनुमोदन गरेका थिए । अमेरिका बाहिरिने भएपछि यो सन्धिको भविष्यमाथि नैं चिन्ता गरिएको छ ।

रुसको विदेश मन्त्रालयले भने आफ्नो तर्फबाट सन्धि उल्लंघन नभएको र अमेरिका यसबाट बाहिरिनु अति खेदजनक रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV