९ जेष्ठ २०७७, शुक्रबार

पोखरा, ९ जेठ । मेन मिडियाको प्रस्तुति तथा गायक विनोद बानियाको आवाजमा सन्देशमूलक गीत ‘जित्छौ हामी’को भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमार्फत् राजनीतिज्ञ, कलाकार, खेलाडीहरुले नेपालीसँग जितको लामो इतिहास रहेको भन्दै सकसपूर्ण दिनलाई पनि जित्न सक्छौं भन्ने सन्देश दिएका छन् ।

भिडियोमा पूर्व प्रधामन्त्री डा. बाबुराम भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गायिका तथा सांसद कोमल वली, नेपाली फुटवल टिमका पूर्व कप्तान अनिल गुरुङ, रंगकर्मी अनुप बराल, नायक राजबल्लभ कोइराला, अभिनेत्रीद्वय दिया मास्के, सिपोरा गुरुङ, महिला फुटबल खेलाडी सावित्रा भण्डारी, कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, निराजन प्रधान लगायत चर्चित व्यक्तित्वहरुलाई फिचर गरिएको छ ।

गीतलाई सञ्चारकर्र्मी सन्जोक बस्यालले लेखेका हुन् । श्यामसुङ तामाङले एरेन्ज गरेका गीतमा गायक बाँनियाको संगीत रहेको छ । भिडियोलाई विनोद पोखरेल, श्रीधर पौडेल, मिलन शंकर, सविन गायक, कमल प्रसाई र विवेक बस्यालले खिचेका हुन् । ड्रोन छायांकन कमल प्रसाई र सुरज श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV