९ जेष्ठ २०७७, शुक्रबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, ९ जेठ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले बाचा गरे अनुसार नै जनकपुर र राजविराजको लागि २ वटा आरटी पीसीआर मेसिन खरिद गरेको छ ।

जनकपुर, वीरगञ्ज र राजविराजमा परीक्षण ल्याव सञ्चालन गर्ने मन्त्री परिषद्को निर्णय अनुसार जनकपुर र राजविराजको लागि आरटी पीसीआर मेसिन खरिद गरेको हो ।

अब जनकपुरस्थित पशु रोग अन्वेशन प्रयोगशालामा आरटी पीसीआर मेसिन सञ्चालनमा ल्याइनेछ । त्यस्तै, यता राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको ल्याव पनि सञ्चालन गरिने भएको छ ।

दुवै ठाँउको लागि मेसिन ल्याएर जडानको काम समेत सुरु भइसकेको छ । अगामी सोमबारदेखि आरटी पीसीआर ल्याव सञ्चालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले जनाकारी गराए ।

उक्त मेसिनमा ४ घण्टामा ९६ जनाको परीक्षण गर्न सहिने जनाइएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पीसीआर ल्याव सञ्चालनमा आइसकेको छ ।

प्रदेश सरकारले उपचार तथा परीक्षण कार्यलाई चुस्त दुरुस्त बनाउनका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब सञ्चालन, जनशक्ति परिचालन तथा औषधि एवं अन्य सामग्री खरिदका लागि ५० लाख रुपैया निकासा गरेको छ ।

त्यस्तै, वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनका लागि २५ लाख निकासा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV