९ जेष्ठ २०७७, शुक्रबार
  • घनश्याम मिश्र

सर्लाही, ०९ जेठ । लिल्लामा थप १५ जनामा कोरोना भाइरस (कोडिभ–१९) पुष्टि भएको छ । जिल्लाको गोडैता नगरपालिकामा १४ जना र रामनगर गाउँपालिकामा १ जना गरी सर्लाहीमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । गोडैतामा संक्रमित मध्ये एक जना महिला पनि रहेको उहाँले बताउनुभयो ।

संक्रमितहरु केही दिनअघि भारतबाट आएको र उनीहरुलाई क्वारेन्टाइनमै राखिएको प्रजिअ जिसीले जानकारी दिनुभयो । गोडैतामा कोरोना संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति वडा नम्बर ११ सिसौटियाको रहेको उहाँले बताउनुभयो ।

योसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । यसअघि सर्लाहीमा पाँच जनामा संक्रमण पुष्टि भएको थियो

प्रतिक्रिया दिनुहोस्
LIVE TV