९ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, ०९ जेठ । मन्त्रिपरिषदको बैठक अहिले बिहान १० बजे बस्ने भएको छ । कोरोना भाइरसको रोकथामका साथै विदेशमा अलपत्र परेका नेपालीको उद्धारका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकमा विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने विषयमा छलफल उठेको थियो । आजको बैठकमा पनि सोही विषयमा केन्द्रित हुने सम्भावना छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमण बढ्दो र लकडाउनका कारण नागरिकमा परेको असरलाई हल गर्न लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV