८ जेष्ठ २०७७, बिहीबार

काठमाडौं, ८ बैशाख । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको तीन वर्ष पूरा भएको छ । तक्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७४ जेठ ८ गतेको दिने भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको नेतृत्वमा २०७४ जेठ ८ गतेको दिन भलिबलले राष्ट्रिय खेलको मान्यता पाएको थियो । सोही दिनको सम्झनामा नेपाल भलिबल संघले विगत तीन बर्ष देखि विभिन्न कार्यक्रम गर्दै भलिबल दिवसको रुपमा मनाउँदै आएको थियो । तर, यसवर्ष भने विश्वभर फैलिएको कोरोना भाइरसका कारण भलिबल संघले औपाचारिक कार्यक्रमको आयोजना हुन सकेन ।

संघले हरेक वर्ष जेठ महिनामा भलिबलको वार्षिक कार्यक्रम समेत सार्वजनिक गर्दै आएको थियो । तर, वार्षिक कार्यक्रम समेत कोरोना भाइरसको प्रभावका कारण सार्वजनिक गरिएको छैन् । कोरोनाकै कारण बैशाख २५ गते तय भएको राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता प्रभावित भएको थियो भने असारमा हुने संघको नवौं साधारणसभा समेत स्थगित गरिएको छ ।

त्यस्तै मार्चमा बंगलादेशमा हुनुपर्ने एभीसी एशियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता कोरोना महामारीका कारण स्थगित बन्दा नेपालको वर्षको पहिलो अन्तराष्ट्रिय सहभागिता समेत प्रभावित बनेको छ । त्यस्तै यसै महिना बंगलादेशमा एभीसीको सम्मेलन समेत प्रभावित बनेको छ ।

नेपालले सम्मेलनबाट केही सहयोग आउने अपेक्षा गरेको थियो । घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडि बढिरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको वृद्धिले पछिल्लो समय नेपालमा भलिबलको लोकप्रियता र सम्भावनालाई बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV