८ जेष्ठ २०७७, बिहीबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, ८ जेठ । लकडाउनको उल्लंघन गर्दै जनकपुरमा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिरहेको बेला धनुषा प्रहरीले वडा नम्बर ४ को कार्यालय अगाडिबाट पक्राउ गरेको थियो ।

केही दिन पूर्व लकडाउन उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टीका प्रदेश सांसद अशोक यादवको गाडी प्रहरीले जनकपुरधामको भानुचोकबाट नियन्त्रणमा लिएको थियो ।

त्यस क्रममा प्रदेश सांसद यादवले प्रहरीलाई ‘तिमीहरू मलाई चिन्दैनौँ ? म को हुँ ?’ लगायतका शब्द प्रयोग गरी पदको धाक देखाउँदै प्रहरीलाई अभद्र व्यवहार गरेका थिए ।

सोही विषयको समाचार केही सञ्चार माध्यममा आएपछि प्रहरी र मिडियाको विरोधमा जसपाका युवा नेता आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV