८ जेष्ठ २०७७, बिहीबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु ८ जेठ । किटको अभावमा पीसीआर परीक्षणमा ढिलाई भए पछि कपिलस्तुका स्थानीय तहले आफनै कोषबाट धमाधम भिटिए किट किन्न थालेका छन ।

संघीय र प्रदेश सरकारसंग पटक पटक किट माग गरिए पनि उपलब्ध नभए पालिकाहरुले किट किन्न थालेका हुन । जिल्लाका ३ पालिकाले किट किनेर स्वाब संकलन सूरु गरको छ भने अन्य ५ पालिकाले किन्ने तयारी गरेका छ ।

जिल्लाका ८ पालिकाले कुल ८ हजार १ सय ८० किट किन्ने भएका छन् । कपिलवस्तु नगरपालिका ,शिवराज नगरपालिकाले एक एक हजार र यशोधराले १ हजार १ सय ८० थान किट किनी सकेका छन । कृष्णगनरले २ हजार, महराजगञ्ज नगरपालिकाले १ हजार २ सय थान, बुद्धभूमि नगरपालिकाले एक हजार , मायादेबीले ३ सय,शुद्धोदनले ५ सय थान किट किन्ने प्रकृया अघि बढाएको छ ।

जिल्लाका अन्य पालिकाले समेत किट किन्ने तयारी अघि बढाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या निरन्तर बढीरहको छ । क्वारेन्टाइनमा ७ दिन बिताएका मान्छको पीसीआरका लागि स्वाब संकलन गर्नु पर्ने हुन्छ ।

किनेको किटबाट कपिलवस्तु, शिवराज र यशोधराले बुधवार देखि नै स्बाव संकलन गरेको छ । कपिलवस्तु नगरपालिको बुधवार १ सय २१, शिवरान नगरपालिकाले सय र यशोधराले १ सय ५ जनाको स्वाब संकलन गरी पठाएको छ ।

जिल्ला स्वाथ्य कार्यालय अनुसार जिल्लामा बुधवार २ सय ९० जनाको स्वाब संकलन गरिएको छ । क्वारेन्टाइनमा २ देखि ३ साता बिताएका मान्छेहरुको संख्या बढीरहेको छ । तर किट अभावले स्बाव संकलन हुन नसकेको शिवराज नगरपालिकालका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । शिवराज नगरपालिकामा ३ जना संक्रमित भेटिएका छन ।

तिनीहरुको सम्पर्कमा आएका ब्यक्तिको पनि किट अभावले स्बाव संकलन हुन सकेको छैन । ‘ केन्द्र र प्रदेश सरकारसंग धेरै पटक किट माग्यौ तर सीमित मात्र पायौ अहिले स्बाव संकलन नै रोकिए पछि आफै किनेर ल्याएका छौ ’ उहाँले भन्नुभयो । शिवराज नगरपालिकामा ३ सय ३२ जा क्वारेन्टाइनमा छन ।

बुधवार नौ जा संक्रमित पुष्टि भएका महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाले किट अभावले स्वाव संकलन कार्य रोकिएको बताउनभुयो । महराजगञ्ज नगरपालिकामा जिल्लाको सबै भन्दा बढी १ हजार ६ सय ३० जना क्वारेन्टाइनमा छन । ‘ भारतबाट फर्केका ब्यक्तिलाई क्वारेन्टाइनमा जसोतसो गरी राखेका छौ तर उनीहरुको स्बाव सयममै संलकन नहुँदा कोराना फैलने डर भएको छ ’ उहाँले भन्नुभयो ‘ स्वाब संकलनका लागि किटो अभाव छ । स्वास्थ्यकर्मी पनि छैनन अब कसरी कोरोना ब्यवस्थापन गर्ने ’ उहाँले भन्नुभयो ।

कहीबाट उपलब्ध हुन नसके पछि नगरपालिकालको आन्तरिक बजेटबाट १२ सय किट किन्न लागेको उहाँको भनाइ छ । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । जिल्लाका १० स्थानीय तहले निर्माण गरको १ सय ८८ स्थानका क्वारेन्टाइनमा ७ हजार ५ सय ४७ जना रहेका छन् ।

कपिलवस्तु नगरपालिकामामा नौसहित जिल्लामा ६० संक्रमित भेटिएका छन । जिल्लामा मंगलवार साझ सम्म १ हजार ३ सय ४२ जाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV