८ जेष्ठ २०७७, बिहीबार
  • तारा आचार्य,

विराटनगर, ८ वैशाख । आप्mनै बुबाको ज्यान लिएको आरोपमा मोरङ प्रहरीले दुईजना छोरालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

विहीवार विराटनगरमा भिडियो कन्फ्रेन्स मार्फत् पत्रकार सम्मेलन गरी मोरङ प्रहरीले आप्mनै बाबुका ज्यान लिएको आरोपमा दुई छोरा नागेन्द्र चौहान र रोहीत चौहानलाई सार्वजनिक गरेको हो ।

विराटनगर–१४ झटियाईका ६९ वर्षका सत्यनारायण भनिने सीताराम चौहानको शनिबार राति ८ बजे मदिरा सेवन गरेर कोदालो प्रहार गरी छोराहरुले ज्यान लिएको खुलेको छ ।

सत्यनाराणका ३ छोराहरु मध्ये उनी जेठो छोरा रोहितसंग बस्दै आएका थिए । माइलो छोरा नगेन्द्र अलग्गै बस्छन् भने कान्छो छोरा ४ बर्ष देखि घरमा छैनन् । सत्यनारायणकी श्रीमतिको १२ बर्ष अगाडिनै निधन भइसकेको छ ।

जेठो छोरा रोहित र माइलो छोरा नगेन्द्रले बन्चरो प्रहार गरेर बाबुको ज्यान लिएर घरभित्रै खाल्डो खनेर गाडेका शवलाई प्रहरीले निकालेको थियो । उनीहरुलाई कतव्र्य ज्यान सम्बन्धी मुद्दा चलाइने मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV